समाचार

तथ्य र प्रमाणको आधारमा दोषीलाई कारबाही हुन्छ  : गृहमन्त्री 

३० असार, चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषीलाई  तथ्य तथा प्रमाणका आधारमा अनुसन्धान  गर्नका लागि प्रहरीलाई कुनै पनि हस्तक्षेप नगरेको बताएका छन् । गृहमन्त्रीले चितवनमा पत्रकारसँग कुरा गर्दै भनेका छन्, “‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौँ । हामी त्यस्तो कुरा गर्दैनौँ । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईँहरू काम गर्नुस् भनेका छौँ । प्रहरीले त्यसै गरी कम गरिरहेको छ ।” 

उनले कसैको चाहानामा तथा व्यक्तिगत प्रतिशोधको आधारमा नभई प्रमाण र तथ्यका आधारमा कार्यवाही गने बताएका छन् ।  अनुसन्धानका क्रममा ढिलो चाँडो हुनसक्ने भएता पति कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताएका छन्  ।