शिक्षा

सीटीईभीटीले बढायो एचए, नर्सिङ र फार्मेसीको अध्ययन शुल्क

असार ३०, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले मेडिकलतर्फ नर्सिङ, एचए र फार्मेसीको अध्ययन शुल्क बढाएको छ ।

सीटीईभीटीले नर्सिङको शुल्क एक लाख ५० हजारले वृद्धि बढाएको छ । फार्मेसीको शुल्क ८६ हजार ५०० रुपैयाँले बढाएको छ । यो संगै नर्सिङ पढ्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क लाग्ने छ । यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो ।

एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क लाग्ने छ । यसअघि ४ लाख ४ हजार शुल्क थियो । एचएको शुल्क एक लाख १९ हजारले बढेको छ । फार्मेसीको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको छ । यसअघि ३ लाख ३७ हजार शुल्क थियो ।