स्वास्थ्य

महिलाको मृत्यु भएपछि चिकित्सक अस्पतालबाटै फरार

६ साउन, जनकपुरधाम । जनकपुरधामको जनकपुर सुरक्षा अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि चिकित्सक अस्पतालबाटै फरार रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीय सोनिया साहको पाठेघरमा घाउ भएपछि गत बुधवार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी उनको शुक्रवार दिउँसो मृत्यु भएको थियो ।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भने अन्य बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए ।