बाग्मती

काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा १३ वर्षका बालक बेपत्ता

७ साउन, काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार विद्यालयबाट फर्किएपछि खेल्न निस्केका साजनलाई स्थानीय सानो खोल्सीले बगाएको हो । साजनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ ।