विशेष

सुन तस्करी प्रकरण : चिनियाँ नागरिक बस्ने घरमा खानतलासी

११ साउन, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले भाडामा लिएको लाजिम्पाटको एक घरमा खानतलासी गरेको छ ।

राजश्व अनुसन्धान विभागले विमानस्थलबाट पक्राउ परेका लिङ चुवानको लाजिम्पाटस्थित घरमा केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको हो ।

विभागले केही बाकसहरु विभागले बरामद गरेको छ । घरलाई अहिले विभागले शिल गरेको छ । विभागकाका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ ।