१८ साउन, काठमाडौं । काठमाडौंको सामाखुशी खोलाबाट बेपत्ता भएको १३ वर्षीय वालकको शव ११ दिनपछि भेटिएको छ ।
साउन ७ गते सामाखुशी खोलाबाट बेपत्ता भएको बिधान आले मगरको शव आज दक्षिणकालीमा भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीय वासिन्दाले दक्षिणकालीमा बागमती नदीको किनारमा शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।