२३ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति आन्दोलनको घोषणा गरेका छन् ।
मंगलबार पत्रकार सम्मलेन गर्दै सञ्चालकहरुले प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदौ प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गर्दै देशभर विद्यालय बन्द गर्ने घोषणा छन् ।
संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरुको अस्तित्व नामेट पर्ने उद्धेश्यबाट अभिप्रेरित भएको ठहर छ ।”
विज्ञप्ति :
