२४ साउन, धनगढी । कैलालीमा अत्यधिक वर्षाले पहिरो गएपछि अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुल्न सकेको छैन ।
गोदावरी नगरपालिका-४ को बुढितोलामा सोमबार पहिरोले करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन सकेको छैन ।
अविरल वर्षाका कारण पटक-पटक गएको पहिरोका कारणले सडक डिभिजन कार्यालयले पहिरो पन्छ्याउने काम जारी रहेता पनि अझै सडक सञ्चालनमा आएको छैन ।
मगंलबार पनि थप पहिरो गएपछि चार वटा डोजरको प्रयोग गरेर पहिरो पन्छ्याउने काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले जानकारी दिएका छन् ।
पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्ला जिल्ला प्रभावित भएको छ ।