शिक्षा

रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रम सम्पन्न

२८ साउन, काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएकोे छ ।

यस छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको सिमेन्टले आयोजना गरिएको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा मकवानपुर जिल्ला बाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याउनु भएकी सुश्री डौफिन राइका मगरलाइ सम्मान स्वरूप नगद रु १०,००१ प्रदान गरिएको थियो ।

साथै यस कार्यक्रममा सुरक्षा प्रदान गरिदिनु हुने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञं तथा अनुगमन निकाए अन्तर्गत जिल्ला शिक्षा ईकाई समिति, हेटौडा उप महानगरपालिका वडा नं ५ को समन्यवयमा स्थान उपलब्द गराई दिने पिप्ले युवा क्लव तथा सन्चो हस्पिटलबाट मेडिकल सहयोग गरिदिने सम्पूर्ण संस्थाहरुलाई हार्दिक कृतज्ञ अर्पण गर्दै प्रमाण पत्र सहित सम्मान गरिएको थियो । यसका साथै बिद्यार्थी, अभिभावक, बिद्यालयका प्रधान अध्यापक, शिक्षक बर्गहरुको उल्लेखनिय सहभागिता भएको थियो ।

यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोश्रो हुनेलाई रु. ३५००, तेश्रो हुनेलाई रु. २५०० साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउने छ ।