बाग्मती

काठमाडौंको नेबिसंघको आधिकारिक अध्यक्ष म नै हुँः मनिष डंगोल

२८ साउन, काठमडौं । मनिष डँगोलले आफु नै नेबिसंघ काठमडाैँको अध्यक्ष भएकाे दाबी गरेका छन् । उनले एक बिज्ञप्ती जारी गर्दै काठमाडौं जिल्लाका सन्दर्भमा हिजोका दिनमा भएको राजनीतिक सहमतिलाई भंग गरेर हुकुमी शासन जस्तो गरेर म नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाको अध्यक्ष पदमा बाहाल रहँदा रहँदै केन्द्रीय सदस्य पदमा सल्लाह बेगर मनोनित गरेको भ्रमपूर्ण यथार्थलाई म अस्विकार गर्दछु र केन्द्रीय सदस्यको जिम्मेवारीमा नरहेको तर नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष पदमा बाहाल रहेको सबैलाई जानकारी गराउँदछु भनेका छन् ।


शनिबारमात्र नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले काठमाडौं ३१ का अंशुल केसीलाई जिल्ल अध्यक्षमा मनोनीत गरेपछि डंगोलले आफु नै काठमाडौंको अध्यक्ष भएको बताएका छन् ।

अंशुल केसी काँग्रेस पुर्व महामन्त्री प्रकाशमान सिंह, सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भने मनिष डँगोल बरिष्ठ नेता शेखर कोईराला र महामन्त्री गगन थापा पक्षका भनिन्छन् । केहीदिन अगाडी बरिष्ठ नेता कोईरालाले जिल्लाका भातृसंस्थाको बिबादले ठूलो रुप लिन सक्ने बताउँदै त्यसलाई गम्भीर भएर सोच्न बताएपनि पुनः काठमाडौं नेबिसंघमा ब्यापक बिबाद आएको छ ।


उनले बिज्ञप्तीमार्फत भनेका छन् ।

प्रस्तुत विषयमा म मनीष डंगोललाई मिति २०७९/११/२६ गते नेपाल विद्यार्थी संघ केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले हस्ताक्षर गरेको काठमाडौं जिल्ला कार्यसमितिको सभापति पदमा मनोनित गरिएको पत्र नं १०२०/०७९/८० प्राप्त भई ,सोहि अनुरुप नेपाल विद्यार्थी संघको विधान अनुसार काठमाडौं उपत्यकाका क्याम्पसहरुमा नेविसंघको विजयका निम्ति सम्पूर्ण ढंगबाट समर्पित भइ नतिजा हाम्रो पक्षमा पार्न सफल भयौँ ।


पछिल्लो समयमा नेपालको विद्यार्थी आन्दोलनको अग्रणी संस्था नेपाल विद्यार्थी संघभित्र मौलाएको एकाधिकारवादले संगठनको मूल मर्म गरिमा र भावनालाई कुठाराघात गरेको छ ।


काठमाडौं जिल्लाका सन्दर्भमा हिजोका दिनमा भएको राजनीतिक सहमतिलाई भंग गरेर हुकुमी शासन जस्तो गरेर म नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाको अध्यक्ष पदमा बाहाल रहँदा रहँदै केन्द्रीय सदस्य पदमा सल्लाह बेगर मनोनित गरेको भ्रमपूर्ण यथार्थलाई म अस्विकार गर्दछु र केन्द्रीय सदस्यको जिम्मेवारीमा नरहेको तर नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष पदमा बाहाल रहेको सबैलाई जानकारी गराउँदछु।

गणेशमान सिंह , कृष्णप्रसाद भट्टराईको कर्मभूमि काठमाडौंमा अझ नेपाल विद्यार्थी संघको संगठनलाई गतिशील , सुदृढ बनाउँदै विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्याउन सबैलाई एकजुट र गोलबद्ध हुन हार्दिक आह्वान गर्दछु ।

मनीष डंगोल
अध्यक्ष
नेपाल विद्यार्थी संघ काठमाडौं, जिल्ला

बोधार्थ
नेपाली काँग्रेस, केन्द्रीय कार्यसमिति
नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति
नेपाली काँग्रेस, काठमाडौं जिल्ला कार्यसमिति