२९ साउन, काठमाडौँ । नेपाली काँग्रेसका साँसद डा शुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दहालले माफी र गृहमन्त्रीले राजीनामा नदिए आफु आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
उनले आजको संसद बैठकमा बोल्दै आफुले सुन तस्करलाई कारबाही गर्न माग गर्दा प्रहरी लगाएर पक्राउ गरिएको भन्दै ‘अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु’ भनेका छन् ।
केहीदिन अगाडी नक्कली सर्टिफिकेटको अभियोगमा पक्राउ परेका डा शर्मालाई अदालतको आदेशले थुनामुक्त गरेको थियो । नक्कली सर्टिफिकेटको अभियोगमा अन्य केही डाक्टरसमेत प्रहरीले पक्राउ गरेको छ ।