बाग्मती

एमसीसीका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरु

१ भदौ, काठमाडौँ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ले मकवानपुरमा जग्गा अधिग्रहण सुरु गरेको छ । 

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति नेपालले ४०० केभी विद्युत प्रसारण लाइनका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । 

आज  जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिका वडा नम्बर ८, कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६, राक्सिराङ गाउँपालिका–१ र हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ३ र १९ मा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको सूचना मार्फत जानकारी गरेको छ ।

 २१ भदौ भित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुख बिरुवा, बालीनाली लगायतका अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबी सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन सक्नेछन् । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।