बाग्मती

नर्वदेश्वर शिवालय समिति घोषणा, आचार्य बन्धु समाजलाई जानकारी

१ भाद्र, काठमाडौ । आचार्य बन्धु समाज नेपाल काठमाडौंद्वारा आज आयोजित जिल्ला अधिवेशनमा धनकुटास्थित “नर्वदेश्वर शिवालय विकास तदर्थ समिति” गठन गरी घोषणा गरिएको छ ।

तदर्थ समितिमा दूर्गाप्रसाद आचार्य -संयोजक, उपसंयोजक-सुरेश आचार्य, सचिवमा नारायणप्रसाद आचार्य (एनपी) तथा सदस्यहरूमा आमोद आचार्य (झापा), गंगाप्रसाद आचार्य, शेखरप्रसाद आचार्य, देवराज आचार्य र अनन्तप्रसाद आचार्य (आसाम, भारत) रहेका छन् ।

यस समितिले नर्वदेश्वर शिवालयको जिर्णोद्वार, सॅरक्षण र विकासका लागि राजधानी र देशविदेश लगायतका स्थानहरूबाट सहयोग जुटाउनेलगायतका लक्ष्य लिएको नर्वदेश्वर शिवालय समितिका अध्यक्ष दुर्गा आचार्यले बताएका छन् ।

घोषणा सभामा नर्वदेश्वर शिवालय विकास तदर्थ समितिका संयोजक दूर्गाप्रसाद आचार्यले आचार्य बन्धु समाज–नेपालका अध्यक्ष बाबुराम आचार्यलाई विशेष जानकारीका लागि शिवालयको भावी कार्ययोजना हस्तान्तरण गरे ।

सो अबसरमा आचार्य बन्धु समाजका अध्यक्ष बाबुराम आचार्यले कौडिन्यगोत्री आचार्यहरूद्वारा स्थापित उक्त शिवालयलाई समाजका तर्फबाट पनि आवश्यक्ता अनुसार सहयोग गर्ने बचन दिए । सो अबसरमा आचार्य बन्धु समाज नेपालका पूर्व सहअध्यक्ष तथा वर्तमान सल्लाहकार सुरेश आचार्यको पनि उपस्थिति थियो ।