खेलकुद

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारसको घोषणा

८ भाद्र, काठमाडौं । पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान समेत रहेका खड्काले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

काठमाडौं जिल्ला क्रिकेट संघका कार्यसमिति सदस्य रहेका खड्काले काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्लाको समर्थनमा बागमती प्रदेशको अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

त्यस्तै, उपाध्यक्ष मकवानपुर, सचिव ललितपुर, कोषाध्यक्षमा भक्तपुर जिल्ला क्रिकेट संघले उठाएको उम्मेदवारीलाई सहयोग गर्ने सहमति भएको छ ।