९ भाद्र, काठमाडौं । खोटाङको बराहपोखरी गाउँपालिका वडा नं. १ घर भएका सुबाश मगरकी श्रीमती लक्ष्मीकुमारी मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
केहि समय अगाडी मात्र बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर घाइते भएकी लक्ष्मीलाई “लक्ष्मी कुमारी मगर बचाउ अभियान” बाट संकलन भएको ६ लाख ५१ हजार ७२९ रुपैंया हस्तान्तरण गरेको हो ।
देश, विदेशबाट संकलन भएको सहयोग रकम इन्द्र लिमेल मगर, महेन्द्र खपांगी मगर, ध्यानबहादुर तामाङ, इश्वर बन्जारालगायतले चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै इन्द्र लिमेलले यस आर्थिक सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए ।
त्यस्तै, उनले अन्य दिनहरुमा पनि आर्थिक कम्जोर भएका विरामीहरुको लागि पनि यस्तै सहयोगको अपेक्षा गर्ने बताए । उनले बराहपोखरी बासीहरु दु:ख पर्दा सबै एक जुट भएर लागेको देख्दा खुसी लागेको बताए ।
यस अभियानमा केदार आले मगर, अशोक माले, देवु पासा, गोविन्द फुयाल, प्रकाश खपांगी, प्रकाश बन्जारा, नरबहादुर आले, कविराज आले, युवराज पौडेल, सन्देश मगर, पदम राई, कुमार पौडेल, राजेन्द्र रखाल र प्रेमबहादुर मगरलगायतको विशेष भूमिका रहेको उनले बताए ।
यस अभियानमा जोडिएका अभियन्ताहरुले यस अगाडी पनि आर्थिक कम्जोर भएका विरामीहरुको लागि सहयोग गर्दै आएका छन् ।