शिक्षा

एशियन पेन्ट्स नेपालद्वारा आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्टस् कम्पिटिसनका विजेता विद्यार्थीको घोषणा

११ भाद्र, काठमाडौं । क्यालिडोस्कोप, एशियन पेन्ट्स नेपालद्वारा आयोजित वार्षिक कार्यक्रम २०२२–२३ को लागि पुनः आयोजित भए लगायत नेपालका प्रतिभाशाली आर्किटेक्टहरू र इन्टेरियर डिजाइनर प्रवर्द्धन र आशाजनक प्रतिभाहरू प्रदर्शन गर्न कम्पनीको निरन्तर प्रयासहरूलाई बलियो बनाएको छ ।

दश वर्षभन्दा बढी समयदेखि यस सीएसआर पहल, क्यालिडोस्कोप मार्फत विद्यार्थीहरूलाई आफ्नो रचनात्मकता र उपलब्धिको भावना निर्माण व्यक्त गर्ने अवसर छ भन्ने एशियन पेन्ट्सको दृढ विश्वास छ ।

आर्किटेक्चरका विद्यार्थीहरूका लागि २०२२–२३को प्रोजेक्ट कास्की, पोखराको ‘पोखरा मोन्युमेन्टल पार्क’ थियो भने इन्टेरियर डिजाइनका विद्यार्थीहरूका लागि ‘बुटिक होटल’ थियो । यो राष्ट्रिय स्तरको प्रतियोगिताको आठौं संस्करण हो, जहाँ २०७४ ब्याच र २०७५ ब्याचका कूल गरेर ५१ विद्यार्थीहरूले ११ आर्किटेक्चरल र २ इन्टेरियर डिजाइन कलेजहरूबाट भाग लिएका थिए । आर्किटेक्चर र इन्टेरियर डिजाइन संकायबाट उत्कृष्ट ५ विजेताहरूको घोषणा २०२३ अगस्टको २७ गते आइतबार सोल्टी होटलमा गरिएको थियो ।

कार्यक्रम प्रमुख अतिथिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाहरुका साथै न्यायाधीशहरू, विश्वविद्यालयका प्रतिनिधिहरू, कलेज संयोजकहरू, शिक्षकहरू, विद्यार्थीहरू, विगतका विजेताहरू र एशियन पेन्ट्सका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आर्किटेक्ट कलेजबाट प्रतियोगिताको विजेता आईओई, थापाथली क्याम्पसका सन्दीप तण्डुकार र इन्टेरियर डिजाइन कलेजबाट कान्तिपुर इन्टरनेशनल कलेजकी नीलिमा प्रधान दुवैले एशियन पेन्ट्सबाट ७० हजार नगद पुरस्कार प्राप्त गरे ।

फस्ट रनरअपहरु आर्किटेक्ट कलेजबाट एक्मी इन्जिनियरिङ कलेजका अनमोल भण्डारी र इन्टेरियर डिजाइन कलेजबाट आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी क्याथी मुननकर्मी भए र दुवैले एशियन पेन्ट्सबाट ४० हजार नगद पुरस्कार प्राप्त गरे ।

आइओई थापाथली क्याम्पस (आर्किटेक्ट कलेज) का युनिश भट्ट क्षेत्री र कान्तिपुर इन्टरनेशनल कलेज (इन्टेरियर डिजाइन कलेज)की श्रीजा आचार्य एसियन पेन्ट्सबाट ३० हजार नगद पुरस्कार जित्दै सेकेन्ड रनरअप भएका थिए ।

अन्तमा चार सान्त्वना पुरस्कार काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङकी मानशी श्रेष्ठ, आईओई थापाथली क्याम्पसकी रुची खकुरेल, आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी नम्रता पन्त र आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी रुचिता महर्जनलाई एशियन पेन्ट्सबाट १०,००० नगद पुरस्कार प्रदान गरिएको थियो ।

यस संस्करणको आर्किटेक्ट र इन्टेरियर डिजाइन दुवैका लागि विजेताहरूलाई प्यानलद्वारा छनोट गरिएको थियो, जसमा आर्किटेक्चर र इन्टेरियर डिजाइनर बिरादरीका प्रतिष्ठित व्यक्तित्वहरू – आर्किटेक्ट अरुण देव पन्त, आर्किटेक्ट अमुल मानन्धर, आर्किटेक्ट उमा साँगाछे श्रेष्ठ, आर्किटेक्ट एलेक्स श्रेष्ठ, आर्किटेक्ट येकराज अधिकारी, इन्टेरियर डिजाइनर सपना सापकोटा, इन्टेरियर डिजाइनर तेजिता वैद्य अमात्य र इन्टेरियर डिजाइनर बिवा जोशी संलग्न हुनु भएका थिए ।