१२ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ ।
मंगलबार बिहान ११ बजे बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिनेछन्।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्को महासिचव डा। भरतराज गौतम जानकारी दिए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम आजको बैठकमा हुनेगरी निर्धारण गरेका थिए ।