१७ भदौ, काठमाडौं । अभिनेत्री निरुता सिंहले बिबाह गरेकी छन् । उनले मम्बै निवासी संजीव गुलाँटीसाग बिबाह गरेको सामाजिक संजालमार्फत जानकारी दिएकी छन् ।
एकताका नेपाली चलचित्र क्षेत्रकी चर्चित नायीका सिंहले अगष्ट ३१ मा बिबबाह गरेको जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘हजुरहरु सम्पूर्णको माया अनि आशीर्वाद को अपेक्षा गरेको छु ‘। चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु ।’
उनको स्टाटस्ः
मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर– परिवार, आफ़न्त तथा छर–छिमेकहरु , मेरा चलचित्र कर्मी साथी–भाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरु लगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाईं मलाई ूनिरुता सिंह “बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय , पूजनीय अनि ढोगनीय दर्शकमहानुभाउहरु को येतीका वर्ष देखी को एक मात्र प्रश्न , जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो । त्यो हो ‘निरुता जी बिहें कहिले गर्ने ?“ भन्ने प्रश्न ‘ आज तेसै प्रश्नको जवाब दिन गई रहेको छु ‘। तपाईहरुको निरुता सिंह ले गत बिहिबार घज्ञकत ब्गनगकत द्दण्द्दघ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसंग लगन गाठो जोड़ेको छ ‘। हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु ‘। चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु ‘। धेरै धेरै माया !!!
