१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन् ।
प्रहरीले सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद सिंहलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो ।
प्रदेश सांसद यादवलाई पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ ।