गण्डकी प्रदेश

व्यास नगर साइनिङ स्टारको उपाधि रानालाई

२३ भदौ, तनहुँ । जेसिआई व्यास नगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२३’ को उपाधिबाट सदीक्षा राना विजयी भएकी छिन् । गए राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुमेकी हुन् ।

उपाधि चुम्न सफल रानाले रू २५ हजार २३ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् । आभा श्रेष्ठ फस्ट रनरअप बन्दै रू १५ हजार २३ र सदीक्षा थापामगर सेकेण्ड रनरअप बन्दै रू १० हजार २३ बाट घोषित भएका छन् ।

उक्त प्रतियोगितामा १० वर्षमाथिका र १५ वर्षमुनिका दुई बालकसहित २० बालबालिका सहभागी रहेको जेसिआई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले जानकारी दिए। सामाजिक क्षेत्रमा क्रियाशील बन्दै आएको जेसिआईले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए।