खेलकुद

स्वदेश फर्कन लागेको महिला क्रिकेट टिम मलेसिया एयरपोर्टमा अलपत्र

२४ भदौ, काठमाडौं । स्वदेश फर्कन लागेको नेपाली महिला क्रिकेट टिम मलेसिया एयरपोर्टमा अलपत्र परेको छ । महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ ।

स्रोतका अनुसार मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगे पनि उडान समय प्राविधिक कारणले भन्दै हिमालय एयरलाइन्सले राति ३ बजेका लागि सारेको छ । जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटरहरुले १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ ।

प्राविधिक गडबढीका कारण यो समस्या भएको नेपाल क्रिकेट संघ क्यानले बताएको छ । क्यानका अनुसार खेलाडीलाई विमानस्थलमा नै बस्न र खानाको व्यवस्था मिलाएको छ ।