२४ भाद्र, काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको लागि ३ करोड बराबरको गाडी खरिद गरेको छ । महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि ८ वटा विद्युतीय गाडी एकैपटक खरिद गरेको हो ।
महानगरका अनुसार खरिद गाडी ८ मध्ये ४ वटा महानगरपालिकाको कार्यालय र ४ वटा राष्ट्रिय सभागृहमा राखिने छ । उक्त गाडी भने क-कसले प्रयोग गर्ने विषय जनप्रतिनिधिले नै निर्णय गर्ने महानगरले जनाएको छ ।
महानगरले टाटाको नेक्सन ईभी प्रति इकाई करिब ३८ लाख रुपैयाँमा किनेको महानगरले जनाएको छ ।