सूचना प्रविधि

शाओमीले ल्यायो फेस्टिभ अफरः “चाडपर्वको मुड, अफर टु गुड“

३० भदौ, काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । “चाडपर्वको मुड, अफर टु गुड“ अन्तर्गत लोकप्रिय स्मार्टफोन मोडलहरूको रेन्जमा रु.२००० सम्मको रोमाञ्चक छुटको साथ यस उत्सवलाई अझ विशेष बनाउन शाओमी नेपाल तयार रहेको छ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “चाडपर्वको सिजन नजिकिँदै गर्दा विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ । यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको छ । हाम्रो ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर भनेको यस चाडपर्वको सिजनमा हामी हाम्रा ग्राहकहरूले छुट मूल्यहरूमा शाओमी स्मार्टफोनको अनुभव गराउनु हो । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौ र यी छुटहरूद्वारा हाम्रो इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौँ ।“

अफरहरु
रेड्मी ए२ र ए२+
हरेक खरिदमा रेडमी इयरफोन निःशुल्क

रेड्मी १२ सी
४-६४ जीबी : पुरानो मूल्य रु. १४,४९९, अफर मूल्य रु. १३,९९९ मात्र
६-१२८ जीबी : पुरानो मूल्य रु. १६,९९९, अफर मूल्य रु. १५,९९९ मात्र

रेड्मी नोट १२
६-१२८ जीबी : पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,४९९ मात्र
८-१२८ जीबी : पुरानो मूल्य रु. २६,९९९ , अफर मूल्य रु. २५,४९९ मात्र
८-२५६ जीबी : पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २६,४९९ मात्र

रेड्मी नोट १२ ५जी
६-१२८ जीबी : पुरानो मूल्य रु. २९,९९९ , अफर मूल्य रु. २८,४९९ मात्र
८-२५६ जीबी : पुरानो मूल्य रु. ३१,९९९ , अफर मूल्य रु. ३०,४९९ मात्र

रेड्मी नोट १२ प्रो ५जीः
६-१२८ जीबी : पुरानो मूल्य रु. ३८,९९९ , अफर मूल्य रु. ३६,९९९ मात्र
८-२५६ जीबी : पुरानो मूल्य रु. ४१,९९९ , अफर मूल्य रु. ३९,९९९ मात्र

पोको एक्स ५ प्रो ५जीः
६-१२८ जीबी : पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३७,९९९ मात्र
८-२५६ जीबी : पुरानो मूल्य रु. ४२,९९९ , अफर मूल्य रु. ४०,९९९ मात्र

शाओमी नेपालले नेपालका सबै स्मार्टफोन प्रेमीहरूलाई आफ्नो मोबाइल चलाउने अनुभव अपग्रेड गर्ने यो सुनौलो अवसरको फाइदा उठाउन प्रोत्साहित गर्दछ । शाओमी नेपालले यस फेस्टिभ अफरमा धेरै विकल्पहरूको साथ अविश्वसनीय मूल्यमा शाओमी स्मार्टफोन पाउने मौका ग्राहकहरुको लागी प्रदान गरेको छ ।

शाओमीकोे फेस्टिभ अफर भदौ ३० गतेदेखि कार्तिक २९ गतेसम्म लागु हुनेछ । यो अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध रहेको छ ।