आर्थिक

एशियन पेन्ट्स नेपालले काठमाडौंमा शुरु ग¥यो अल्ट्रा लक्जरी होम डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’

३१ भाद्र, काठमाडौं । पेन्ट तथा डेकोर कम्पनी एशियन पेन्ट्स नेपालले गठ्ठाघर, काठमाडौंमा रहेको अपूर्व इन्टरनेशनल प्रा.लि.मा आफ्नो Multi Catergory डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ संचालनमा ल्याएको छ ।

‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ ग्राहकहरुलाई अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उृत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न तयार रहेको छ, जुन प्रविधिले ग्राहकहरुलाई उनीहरुको सपनाको घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभव प्रदान गर्नेछ । यो स्टोरको उद्घाटन एशियन पेन्ट्स लि.का प्रबन्ध निर्देशक तथा सिइओ अमित सिंगलले गरेका थिए ।

१६०० वर्ग फिटमा फैलिएको यो नवीन ‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ नेपाली ग्राहकहरुका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरु एकै ठाऊँमा उपलब्ध भएको शोरुम हो । यो शोरुममा फेब्रिक्स र वाल पेपरहरुदेखि सर्वश्रेष्ठ इन्जिनियरिंङ्गका बाथरुम फिटिङहरु र स्यानिटरी सामग्रीहरु, नवीनतम पेन्ट र वाटरप्रुफिङ उत्पादनहरु, एवं अग्रगामी प्रविधिहरुको व्यवस्थापन छ जसबाट ग्राहकहरुले यी प्रोडक्टहरुको अनुभव लिन सक्नेछन् ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै अमित सिंगलले भने, “नेपाल तीव्र गतिमा बढ्दो बजार हो, जहाँ ग्राहकहरुले लक्जरी होम डेकोर उत्पादनहरु, विधिहरु र प्रोत्साहन खोजीरहेका छन् र ग्राहकहरुको यो बढ्दो चाहनालाई सम्बोधन गर्न हामीले ग्राहकहरुको भावना र तिनको घरहरुसंगको गहिरो सम्बन्धलाई सम्मान गर्दै एउटै छाना मुनी सबै प्रकारका होम डेकोर सामानहरु उपलब्ध गराउने चेष्टा गरेका छौं ।”