१ असोज, काठमाडौँ । अनेरास्वबियु आर.आर क्याम्पस कमिटिले अन्तर कलेज/क्याम्पस स्तरिय खुल्ला पुरुष फुटसल प्रतियोगिता आयोजना गरेको छ ।
अनेरास्वबियु आर.आर क्याम्पस कमिटिले आज पत्रकार सम्मेलन गर्दै प्रतीयोगीता असोज ८ देखि १० गतेसम्म हुने जनाएको छ । सबै खेल नक-आउट चरणमा हुने, टिमहरु विभिन्न समूहमा बाडिने र टिम दर्ता र प्रवेश शुल्क १० हजार रहेको जनाएको छ ।
खेलका पुरष्कारहरु विजेताले रु १ लाख ११ हजार १११ पाउने छन् हने उपविजेताले रु ५५ हजार ५५५ रहेको आयोजकले जनाएको छ ।

