मनोरञ्जन

‘तिमीलाई छाडी’ सार्वजनिक

४ असोज, काठमाडौं । बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै…’ को भिडियो रिलिज गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् ।

यो आधुनिक गीतलाई प्रमोद खरेलले गायका हुन् । जसमा टिका भण्डारीको संगीत रहेको छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन् ।

निर्देशक सुमन दाहालले यो गीतको छायाँकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा गरेका हुन् । त्यहाँका निकै सुन्दर दृष्य यो गीतको भिडियोमा समेटिएको छ । गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ । अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तता दिँदै आएका छन् ।