बाग्मती

आचार्य समाज गोरखा काठमाडौँ सम्पर्क समितिको संयोजकमा सुभाष आचार्य चयन

६ असोज, काठमाडौँ ।  आज बसेको आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यसमितिको बैठकले आचार्य बन्धु समाज नेपाल गोरखा काठमाडौँ सम्पर्क समितिको संयोजकमा सुभाष चन्द्र आचार्यलाई चयन गरेको छ । 

समाजको आज बसेको केन्द्रीय कार्य समितिको बैठकले मानवअधिकारकर्मी आचार्यलाई यथाशीघ्र कार्यसमिति गठन गरी केन्द्र, प्रदेश तथा गोरखा जिल्ला कार्यसमितिसमेतलाई जानकारी निर्देशन दिएको छ । 

देशभर ७७ वटै जिल्ला, सातै प्रदेश तथा आचार्यहरू भएको देशभरका स्थानीय तहमा आवश्यक परे वडामा समेत बिस्तार गर्दै गरेको आचार्य बन्धु समाज नेपालले पहिलो सम्पर्क समितिसमेतको कार्य सुरु गरेको छ । 

सुभाष आचार्यले गोरखाबाट काठमाडौँ उपत्यका आई बसोबास गर्ने कौडिन्य  गोत्रीय आचार्यहरूबिच विभिन्न कार्यक्रमहरू गर्ने कार्यको संयोजन गर्नेछन् । 

केही दिन अगाडी मात्र आचार्य बन्धु समाज नेपालले सिन्धुली जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न गरेको थियो । समाजले विश्वभर आफ्ना गतिविधिहरू बढाएको केन्द्रीय महासचिव शुभनराज आचार्यले जानकारी दिए । 

संयोजक आचार्यले आफूले पाएको जिम्मेवारी तन, मन र धनले निभाउन कुनै कसर बाँकी नराख्ने भन्दै विश्वभरका आचार्यहरूलाई समाजसँग जोडिन आग्रह गरे । 

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले नवनियुक्त संयोजकलाई खादा लगाएर शुभकामना दिएका  थिए ।