राजनीति

देशको अर्थतन्त्रको अवस्था जर छ, काँग्रेस सहितको सरकारले केही गर्न सकेनः नेता खतिवडा

८ असोज, काठमडाै‌ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले काँग्रेसको संबिधान र देशका बारेमा सोच्न आग्रह गरेका छन् ।
उनले देशको अर्थतन्त्रको अवस्था ज्यादै कमजोर भएको भन्दै नेपाली काँग्रेसले बनाएको गठबन्धन सरककारले केहीपनि काम गर्न नसकेको बताए ।
उनले महंगी असाध्यै बढेको, जातीय दंगाहरु बढेको, मानिसमा उत्तेजना फैलाउने, हिसाँउन्मुख भएको भन्दै एक नेताले अर्को नेतालाई अपमान गर्दै एउटै पार्टीका एक नेताले उही पार्टीका अर्का नेतालाई गाली गरेर पार्टी बलियो नबन्ने बताए । उनले युवाहरु देशमा भेट्न मुश्किल पर्न थालेको भन्दै यसमा पनि सचेत भएर लाग्नुपर्ने बेला आएको नेता खतिवडाको तर्क छ ।
आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै पालीकाका प्रतिनिधिले जिल्ला अधिवेशन गर्नुपर्ने भन्दै कााग्रेसले बिधान संसोधन गर्नुपर्ने बताएका छन् ।