राजनीति

गरिवका छोराछोरीले पढ्ने नर्सिङ, सिएमए, अनमी पढ्न पाएका छैनन्, उनीहरुले हतियार बोक्नसक्छन्ः डा भन्द्र भण्डारी

८ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले नेपालकको अवस्था अहिले राम्रो नभएको टिप्पणी गरेका छन् । उनले धरानका जस्ता उदाहरणहरुले देशमा सामाजिक सद्भाव भड्किनसक्ने अवस्था आएको भन्दै त्यसमा बिशेष ध्यान दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी काँग्रेसका नेताहरुले कब्जा गर्न खोजेको भएपनि जनता अर्कैले कब्जा गरिसकेको तर्फ ध्यान दिनुपर्ने तीतो यथार्थ सबैले बुझ्नुपर्ने बताए । उनले सामाजिक सद्भावको पनि कुरा उठाउँदै च् बुंदे ध्यानाकर्षण सुनाएका थिए ।
उनले गरिवका छोराछोरीले पढ्ने नर्सिङ, सिएमए, अनमी जस्ता बिषय पढ्नेले मुलुकमा पढ्न नपाउने अवस्था आएको भन्दै त्यस्मा भबिश्वमा बिदेश जानसक्नेले गएपनि जान नसक्नेले हतियार बोक्नसक्नेमा चिन्ता लिनुपर्ने अवस्था आएको बताए । छिमेकी भारतले सीमानामा नै यस्ता प्रकारका कलेजहरु खोलेको उनको तर्क छ ।

रामहरी खतिवडाले काँग्रेसको संबिधान र देशका बारेमा सोच्न आग्रह गरेका छन् ।
उनले देशको अर्थतन्त्रको अवस्था ज्यादै कमजोर भएको भन्दै नेपाली काँग्रेसले बनाएको गठबन्धन सरककारले केहीपनि काम गर्न नसकेको बताए ।
उनले महंगी असाध्यै बढेको, जातीय दंगाहरु बढेको, मानिसमा उत्तेजना फैलाउने, हिसाँउन्मुख भएको भन्दै एक नेताले अर्को नेतालाई अपमान गर्दै एउटै पार्टीका एक नेताले उही पार्टीका अर्का नेतालाई गाली गरेर पार्टी बलियो नबन्ने बताए । उनले युवाहरु देशमा भेट्न मुश्किल पर्न थालेको भन्दै यसमा पनि सचेत भएर लाग्नुपर्ने बेला आएको नेता खतिवडाको तर्क छ ।
आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै पालीकाका प्रतिनिधिले जिल्ला अधिवेशन गर्नुपर्ने भन्दै काँग्रेसले बिधान संसोधन गर्नुपर्ने बताएका छन् ।