स्वास्थ्य

विरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

८ असोज, पोखरा । मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । विरामीको मृत्युको विषयलाई लिएर चिकित्सकमाथि हातपात भएको हो ।

स्रोतका अनुसार लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ । दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका छन् ।