मनोरञ्जन

अभिनेत्री रेखा थापा आमा बन्दै

काठमाडौँ । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । गतवर्ष प्रेमी बलराम केसीसँग वैवाहिक जीवनमा बाँधिएकी थापाको चैतमा आमा बन्ने तयारी रहेको छ ।

भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ,’ मंगलबार पतिसँगको तस्बिरमा उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

रेखा पछिल्लो समय ‘उपहार’ निर्माण अभिनय गरिरहेकी छन् । उनको पेटमा ५ महिनाको सन्तान हुर्किरहेको छ । यो अवस्थामा पनि उनी फिल्ममा एक्सन दृश्य लगायतको छायाङ्कनमा छिन् ।