१० असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन सुरु भएको छ । बुधबार अपरान्ह पार्टी कार्यालय च्यासलमा अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
साथै विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् । सर्वसम्मतिको प्रयास गरे पनि आकांक्षीहरुले नमानेपछि निर्वाचन हुन लागेको हो ।