मनोरञ्जन

अभिनेता अनमोल केसी पक्राउ

१२ असोज, काठमाडौँ । ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीका छोरा समेत रहेका केसीलाई पक्राउ गरेको हो ।

उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।