१२ असोज, सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रदेश अध्यक्षमा गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायले उम्मेदवारी दर्ता गराएका हुन् । नयाँ नेतृत्वमा सर्वसम्मतिबाट सम्भव नभएपछि निर्वाचन हुन लागेको हो ।
उपाध्यक्षमा मुगुका दानसिंह परियार र जुम्लाका टेकराज पछाईको उम्मेदवारी परेको छ । सचिवमा दैलखेका रुद्र शाही, सुर्खेतका डण्डी शर्मा र ध्रुव शाहीको उम्मेदवारी परेको छ ।
अधिवेशनले पाँच जना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् । मतदान भोलि दिउँसो साढे १ बजे सुरू हुनेछ ।