आर्थिक

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

१३ असोज, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । शनिबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।