मनोरञ्जन

अनमोलको बयान : स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार, १० लाख फिर्ता गर्न खोज्दा निर्माताले मानेनन्

काठमाडौं । अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा तीन घण्टा लामो सोधपुछपछि केसीलाई सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बयान दिएका छन् । स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको अभिनेता केसीले बताएका थिए ।

उनलाई प्रहरीले अहिले जिल्ला अदालतमा उपस्थित गराउन लगिरहेको छ ।