१४ असाेज, विराटनगर । नेकपा एमाले काेशी प्रदेशकाे उपाध्यक्षसहित ४९ जना निर्विरोध निर्वाचन भएका छन् । जारी प्रधम अधिवेशनमा एक उपाध्यक्ष र ४८ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन अधिकृतका अनुसार अब चार पदाधिकारी र १६२ सदस्यका लागि निर्वाचन हुनेछ । १६६ पदका लागि साझ सात बजेबाट सुरु हुँदैछ । अध्यक्षका लागि विनाेद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।