आर्थिक

मनकामना केबलकार असोज १७ र १८ गते बन्द हुने

असोज १४, काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते र १८ गतेका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ ।

केबलकारको नियमित सेवा असोज १९ गते शुक्रबार देखि पुनस्सञ्चालनमा आउने छ ।