१४ असोज, काठमाडौँ । अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
अदालतका न्यायाधीश कृष्णप्रसाद सुबेदीको एकल इजलासले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा उजुरी परेपछि प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।
प्रहरीले लिएको बयानमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बयान दिएका थिए । स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको अभिनेता केसीले बताएका थिए ।