१६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फागुन १ गते दिएको सार्वजनिक विदा फिर्ता लिन अल्टिमेटम दिएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘जनयुद्ध दिवस’ अवसरमा फागुन १ गते दिएको सार्वजनिक विदा मन्त्रिपरिषद बैठकबाट फिर्ता लिन प्रधानमन्त्री दाहाललाई अल्टिमेटम दिएका हुन् ।
उनले आगामी मन्त्रिपरिषद बैठकले यो फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने बताए । अध्यक्ष ओलीले आफुहरुको विरोध हुँदा हुँदै पनि सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेको बताए ।