१६ असोज, बाजुरा । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् ।
भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रज्वलन महर्जनले जानकारी दिए ।
भूकम्पका कारण विभिन्न स्थानमा भवनहरु भत्किएको छ । तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको छ । भूकम्पसँगै आएको सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।