१६ असोज, विराटनगर । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास सुनसरीको चक्रघट्टीबाट पक्राउ परेका छन् ।
विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । श्रीनिवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।