समाचार

सर्वोच्च परिसरमै ढलिन् भारती मानन्धर

१७ असोज, काठमाडौं । भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी मानन्धर कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन अदालत पुगेकी थिइन् ।

प्रहरीका अनुसार तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।

श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् ।