राजनीति

पुष्पकमल नेतृत्वको सरकार रहेसम्‍म मुलुक थप बर्बादीतर्फ जाने भन्दै सरकार छाड्ने नेता कोइरालाको चेतावनी

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे सबै रुपमा राष्ट्र कमजोर हुने बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलन बोल्दै कोइरालाले नेता कोइरालाले पुष्पकमल दाहाल नेतृत्व सरकार रहिरहे मुलुक थप बर्बादीतर्फ जाने बताए ।

कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य रहेको भन्दै उनले अघि भने, “अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुदै जान्छ ।”

त्यस्तै, नेता कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छोड्न उनले चेतावनी दिए । चर्को महँगीले जनताको चुलो नबल्ने अवस्थामा पुगेको र जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको कोइरालाले बताए ।

त्यस्तै, उनले सभापति शेरबहादुर देउवाले विधि सम्मत पार्टी सञ्चालन नगर्दा कांग्रेस अप्ठ्यारोमा परेको बताए । “पार्टी भित्र दुर–दराजका इमानदार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुनसकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ”, नेता कोइरालाले भने ।