बाग्मती

बाग्गमती प्रदेशमा भाषा सम्वन्धि विधेयकका बिषयमा छलफल

१८ असोज, काठमाडौँ । बाग्गमती प्रदेशमा भाषा सम्वन्धि विधेयकका बिषयमा छलफल भएको छ ।

भाषा सम्वन्धि विधेयकका बारेमा प्रदेश मन्त्री र सांसदहरुसंग छलफल बाग्मती प्रदेशमा संस्कृति पर्यटन तथा सरहकारी मन्त्री पुकार महर्जनले प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयनका लागि बनेको राष्ट्र भाषा सम्वन्धि विधेयक प्रदेशसभामा प्रस्तूत गर्नु भएको २४ घण्टा भित्रमा नै प्रदेश राजधानी हेटौंडामा सांसदहरुसंग सो विधेयको बारेमा अन्तक्र्रिया कार्याक्रम आयोजना भयो ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश, नेपाल तामाङ घेदुङ बाग्मती प्रदेश, नेवाः देय् दबू बाग्मती प्रदेश र आदिवासी जनजाति महिला मञ्चले संयुक्त रुपमा आयोजना मंगलवार उक्त असोज १६ गते उक्त गरेको हो । कार्यक्रममा संस्कृति पर्यटन तथा सहकारी मन्त्री महर्जनले उक्त ऐनको सवामा अहिले भम्म भएका काम र अवका दिनमा गर्नुपर्ने कामको बारेमा आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा बाग्मती प्रदेशका मन्त्रीहरु उद्योग भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकार, अर्थमन्त्री बहादुर सिंह तामाङ, खानेपानी सिचाई उर्जा मन्त्री तिर्थ लामा, सामाजि विकास मन्त्री कुमारी मोक्तान, वन तथा वातावरण मन्त्री मसिना खत्री र पुर्व उपसभामुख राधिका तामाङले समेतले भाषा सम्वन्धी विधेयक अत्यन्तै महत्वपूर्ण भएको बताउदै यसलाई सबै एकमत भई पारित गर्नुपर्ने समेत बताएका थिए ।


हेटौंडामा भएको उक्त कार्यक्रममा विधेयकमा भएका कमि कमजोरीलाई सुधार गर्नका लागि भाषा बैज्ञानीक एवं भाषा आयोगका सदस्य अमृत योञ्जन, भाषा बैज्ञानीक प्रा। डा। ओमकारेश्वर श्रेष्ठ, पुर्व महान्याधिवक्ता मुक्ति प्रधान, अधिवक्ताहरु शंकर लिम्बु, दिनेश घले, नरेश श्रेष्ठ र अभियन्ता श्रीकृण महर्जनले तयार गरेको संशोधन प्रस्ताव समेत सांसदहरु समक्ष प्रस्तूत गरेको थियो । राजधानीबाट हेटौंडा पुगेका योञ्जन, श्रेष्ठ र लिम्बुले संयुक्त रुपमा प्रस्तूत गरेका थिए भने सांसदहरुले जिज्ञासा समेत राखेका थिए ।

सो अन्तक्र्रिया कार्यक्रममा प्रदेश मन्त्रीदेखि सांसदहरुले एक मतमा भाषा सम्वन्धी विधेयक सर्वसहमतीमा पारित गर्नुपर्ने र सरकारी कामकाजि भाषा सम्वन्धि विधेयक पारित हुने पहिलो प्रदेश नै बाग्मती प्रदेश हुने निश्चित भएको समेत बताएका थिए ।
आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ बाग्मती प्रदेशका अध्यक्ष लिला कुमार तामाङले स्वागत मन्तब्य दिएका थिए। नेवाः देय् दबू बाग्मती प्रदेशका अध्यक्ष विष्णु गोपाल महर्जनले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रम नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले संचालन गरेका थिए। मंगलवार विहान हेटौंडाको रिगल होटेल रिसोर्ट, पिप्लेमा उक्त कार्यक्रम भएको थियो ।