स्वास्थ्य

दिलकुमारीलाई ६ लाख ९९ हजार सहयोग हस्तान्तरण, पालिका अध्यक्ष शालिकराम बन्जराले गरे वेवास्ता !

२० असोज, काठमाडौं । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका-२ सुन्तले निवासी मृगोला पिडित दिलकुमारी मगरलाई ६ लाख ९९ हजार ८५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

‘दिलकुमारी मगर बचाऊ अभियान’बाट संकलन भएको सो रकम शनिबार हस्तान्तरण गरेको सुमन थापा मगरले जानकारी दिए । उनका अनुसार बिरामी दिलकुमारी मगर वीर अस्पतालको आइसीयुमा उपचारत रहेकाले सो आर्थिक संकलनको चेक उनकी छोरी अस्मिता मगरलाई हस्तान्तरण गरेको हो।

मृगोला पिडित मगरको उपचारको लागि घरको आर्थक अवस्था कमजोर भएकाले आर्थिक सहयोग अभियान संचालन गरेको कर्ण थापा मगरले जानकारी दिए । उनका अनुसार दिलकुमारीको उपचारको लागि २१९ जनाले आर्थिक सहयोग गरेका छन् ।

कर्ण थापाका अनुसार फाेक्साेमा पानी जमेकाे देखिएको भन्दै वीर अस्पातलमा उपचार सुरु भएको थियो । तर बिरामीको परिक्षणपछि डाक्टरले मृगाैलामा समस्या देखिएको बताएका थिए ।

डाक्टरले मृगोलामा समस्या देखिएको बताएपछि परिवारका आफन्तहरुले उपचारको लागि आर्थिक सहयोग अभियान चलाउन आग्रह गरको उनले बताए । उनका अनुसार बिरामीलाई लुपाेस पनि देखिएको छ ।

उपचारको लागि आर्थिक अभियान चलाएपछि पालिका अध्यक्ष शालिकराम बन्जराले भने कुनै चासो नदेखाएको उनले बताए । आफ्नै छिमेकी यतिठुलो बिरामी भए पनि अध्यक्ष बन्जरा बोलाउँदा पनि नबोलेको उनले बताए ।

अध्यक्ष बन्जराले आर्थिक सहयोग पनि नगरेको उनले बताए । आफ्नै गाउँका देश/विदेशमा रहेका २१९ जनाले आर्थिक सहयोग गरे पनि पालिका अध्यक्ष बन्जराले भने कुनै आर्थिक सहयोग नगरेको उनले बताए ।

यस अभियानमा वडा अध्यक्ष पदम मगर, समाजसेवी केदार आले मगर, प्रकाश बन्जारा, संदेश मगर, प्रदिप मगर, देबु पासा, इश्वर बन्जारालगायतको विशेष भूमिका रहेको उनले बताए ।