विशेष

भेप सुन प्रकरण : महराविरुद्ध मुद्दा चलाउनु नपर्ने सीआईबीको निष्कर्ष

२१ असोज, काठमाडौं । विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निष्कर्ष निकालेको छ ।

सीआईबीको प्रतिवेदनमा महराका छोरा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । लुइ सहितका ६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चल्ने गरी नाम समावेश गरिएको जनाएको छ ।