प्रदेश 1

आचार्य समाज सिंधुली–काठमाडौं सम्पर्क समितिको सभापतिमा अमृत, कोशी प्रदेशका १४ वटै जिल्लामा समिति बिस्तार हुने केन्द्रले गर्यो निर्णय

१५ असोज, काठमडाौं । बन्धु समाज नेपाल सिन्धुली काठमाण्डौ सम्पर्क समितिको सभापतिमा निर्बाचितअमृत आचार्य नियुक्त भएका छन् ।

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले केन्द्रीय समितिको बैठकद्वारा नियुक्त भएका अमृत आचार्यलाई सम्पर्क समितिको सभापतिमा नियुक्त गरेका हुन् ।
उनलाई सिंधुलीबाट काठमाडौं आई बसोबास गर्ने आचार्यहरुलाई भेला गरी समिति बिस्तार गर्नेलगायतका जिम्मेवारीहरु केन्द्रीय समितिले दिएको छ ।
आचार्य बन्धु समाज नेपालले ७७ वटै जिल्ला समिति, सातैवटा प्रदेश समिति, स्थान्ीय समितिहरु तथा वडा समितिहरु गठन गर्ने क्रम जारी राख्दैगर्दा जिल्ला जिल्लाका सम्पर्क समितिहरुसमेत गठन गर्दै लगेको महासचिव शुभनराज आचार्यले जानकारी दिए ।
गैरराजनीतिक, गैरनाफामुलक संस्थाको रुपमा रहेको आचार्य समाजले आवश्यक परे वडा र आचार्यको संख्या धेरै भएका स्थानमा टोस समितिसमेत गठन हुने समाजले जनाएको छ ।
तत्काल आचार्य बन्धु समाज नेपालले कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला कार्यसमिति तथा कोशी प्रदेश समिति गठन गर्ने कार्यक्रम रहेको समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले जनाए । उनले समाज स्थापना भएका आचार्यहरुको नाममा ककाम भईरहेका स्थानमा उनीहरुलाई नै समितिको जिम्मेवारी दिन सकिने भएपनि संचालनमा आएका समाजहरु अटेर गरी वार्ता गर्न इन्कार गरेको हुँदा काम नरोकी बिश्वभर संगठन बिस्तामा समाजले लाग्ने योजना कार्यान्वयन गर्न लाथि परेको जानकारी अध्यक्ष आचार्यले जनाए ।
समाजले बिधान, भावना अनुसार सकृय रहन चाहनेलाई बिराटनगरमा गरिने प्रदेश स्तरीय भेलामा सहभागी हुनसमेत अपील गरेको छ । स्थान, मिति र समय भने निश्चित भएपछि समाजले आफ्नो आधिकारीक सामाजिक सञ्जाल तथा वेवसाईटमा प्रकाशित गर्ने बताएको छ ।