२६ असोज, म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुुने मुस्ताङको बारागुुङ मुुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुरेहित श्याम रिजाल यसपालि फुर्सदिला छन्।
“पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुुको पातलो उपस्थिति छ”, उनले भने, “भक्तजन कम हुुँदा हामीहरुलाई पनि कामको चाप छैन ।”
दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
कागबेनीमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्न आउने भक्तजनको सङ्ख्यामा यसपालि कमी आएको मुुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुुवेदीले बताए।
“ यसपालि यहाँ आउने नेपाली भक्तजन र तीर्थयात्री अहिलेसम्मकै कम छन्”, उनले भने, “औसी तिथिमा अन्य दिनमा भन्दा भक्तजन बढी आउलान तर समग्रमा कमी भएको छ ।”
सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट सुरु भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँसीका दिनसम्म चल्ने गर्दछ ।
सोह्र श्राद्धको सुुरुमै बेनी–जोमसोम सडकमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा गलत सन्देश प्रवाह हुुुनु, बाढीले कागबेनीमा भौतिक संरचनामा क्षति पुु¥याउनुु र आर्थिक क्षेत्रमा देखिएको समस्याको असर भक्तजन आगमनमा परेको स्थानीयवासीको भनाइ छ ।
सोह्र श्राद्धमा भक्तजन र तीर्थयात्रीले भरिभराउ हुुने होटल र धर्मशाला यसपालि सुुनसान रहेका जोमसोमका होटल व्यवसायी बमप्रसाद गौचनले बताए। “पहिले तीर्थयात्री धेरै आउँदा होटलमा बास नपाएर डाइनिङ हलमा सुत्ने गर्दथे”, उनले भने, “यसपालि भएका कोठा पनि रित्ता भए ।”
भक्तजन आगमनमा भएको कमीले म्याग्दी र मुुस्ताङको होटल, यातायात व्यवसायीदेखि पूजा सामग्री बिक्री गर्नेलाई समेत असर गरेको छ । गत साउनको २८ गते कागखोलामा आएको बाढीले कागबेनीको बस्ती र भौतिक संरचनामा क्षति पुगेको थियो ।