१८ कात्तिक, त्रिशुली । आचार्य बन्धु समाज नेपाल नुवाकोट जिल्लाको सभापतिमा राज कुमार आचार्य (बिदुर–६, ईनारपाटी) निर्बाचित भएका छन् ।
आज भएको नुवाकोट जिल्लाको पहिलो अधिवेशनबाट उपसभापतीमा पुरुषोत्तम आचार्य (तादी–समुन्द्रटार), सचिबमा रोमनाथ आचार्य (बिदुर–४ बट्टार), सह–सचिबः सुदर्शन आचार्य (बिदुर–२ सेरा), कोषाध्यक्षः सरस्वती आचार्य (बिदुर–२, सेरा)सदस्यहरुमा: शशि प्रसाद आचार्य (तादी–समुन्द्रटार), राम प्रसाद आचार्य (बिदुर– गगटे), सन्जय आचार्य (दुप्चेश्वर, शिखर बेसि), हरि प्रसाद आचार्य (बिदुर– माझिटार), सालिक मणि आचार्य (बिदुर–३, भैरमकोट), बलराम आचार्य (बिदुर–६), जयराम आचार्य (माझीटार), बाशुदेब आचार्य (बिदुर–सेरा) निर्बाचित भएका छन् । यस्तै सल्लाहकारमा शिबराम आचार्य, टकनाथ अाचार्य, जनार्दन आचार्य, दिनेश आचार्य, बालकृष्ण आचार्य, गणेश आचार्य मनाेनीत भएका छन् ।
आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रथम अधिवेशनमा केन्द्रीय सदस्य मच्छिन्द्र आचार्य, नुवाकोट जिल्ल सभापति अर्जुन प्रसाद आचार्य, नुवाकोट काठमाडौं सम्पर्क समितिका सभापति मोहन कुमार आचार्यको आतिथ्यतामा सम्पन्न भएकाे अधिवेशनमा नुवाकोटका कौडिन्य गोत्रीय आचार्य बन्धुहरुको ब्यापक सहभागीता रहेको थियो ।
नबनिर्बाचित सभापति राजकुमार आचार्यले आचार्य बन्धु समाज नेपालले बिश्वभरका काैडिन्य गोत्रीय आचार्यहरुलाई जोड्न गरेको प्रयासलाई नुवाकोट जिल्लाको पूर्ण साथ रहने भन्दै ब्लड बैंक खोलेर दाजुभाई तथा जनतामासेवा पुर्याउन केन्द्रलाई आग्रह गर्दै आफूले पनि जिम्मेवारी पाए जिउज्यान दिएर लागि पर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथी एबम् केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले राजनीतिकरण नगरी, आर्थिक पारदर्शीता गरी बंशावली निर्माण गर्न र आवश्यक समाज सेवा गर्नलगायतका उद्येश्य राखी आचार्य बन्धु समाजले बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुलाई एकतामा बाध्ने प्रयास स्वरुप आफुहरु नुवाकोट आएको बताए । उनले नुवाकोटका आचार्य बन्धुहरुको समाजप्रतिको माया देखेर आफुलाई खुशी लागेको भन्दै कुनैपनि कार्यक्रममा नुवाकोटले निम्ता गरेमा आफु महिनामा एकपटक पनि उपस्थित हुन तयार रहेको भनेका थिए ।
अग्रह तथा स्थानीय ब्यापक उपस्थितिमा भएको अधिवेशनमा धादिंगंका सभापति अर्जुन आचार्यले समाजको अभियानसंग जोडएर नुवाकोट जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि भएर आउँदा ज्यादै खुशी लागेको भन्दै आफुले सकेको केन्द्रलाई सहयोग गर्ने र नुवाकोटका बन्धुहरुबाट पनि सहयोग हुने अपेक्षा रहेको बताए । अधिवेशनका प्रमुख अतिथि आचार्यले निर्बाचितलाइ प्रमाणपत्र बितरण गरेका थिए ।






